Information Available in Nepali
The Nepali version of the Government Laboratory Website contains selected essential information only. You can access the full content of our website in English, Traditional Chinese or Simplified Chinese.
नेपाली मा जानकारी उपलब्ध छन्
सरकारी प्रयोगशाला वेबसाइटको नेपाली संस्करणमा चयन गरिएको आवश्यक जानकारीहरु मात्र समावेश छन् । तपाईले हाम्रो वेबसाइटको पूर्ण सामग्री अंग्रेजी, परम्परागत चिनियाँ वा सरलीकृत चिनियाँमा हेर्न सक्नुहुन्छ ।
जातीय समानताको प्रवर्द्धनमा फर्कनुहोस्
सरकारी प्रयोगशाला बारे
सरकारी प्रयोगशालाले हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी ब्यूरो र विभागहरुलाई उनीहरुका कानून र व्यवस्था, खाद्य सुरक्षा, जनस्वास्थ्य, वातावरण संरक्षण, उपभोक्ता संरक्षण र सरकारी नीतिहरूको कार्यान्वयनका जिम्मेवारीहरु पुरा गर्न सक्षम पार्न विश्लेषणात्मक, अनुसन्धान र सल्लाहकारको सेवा र सहायताको विस्तृत श्रृंखला प्रदान गर्दछ ।
140 वर्ष अघि सन् 1879 मा पहिलो अपोठेक्यारी र विश्लेषकको नियुक्ति भए देखि, सरकारी प्रयोगशाला हङकङ सरकारको सबैभन्दा पुरानो संस्था हो । सरकारी रसायनज्ञको नेतृत्वमा, प्रयोगशालामा हाल करिब 510 कर्मचारीहरु छन् जसमा लगभग एक तिहाई विभिन्न विश्लेषणात्मक र वैज्ञानिक परीक्षण विषयकका पेशागत विशेषज्ञहरू छन् ।
सरकारी प्रयोगशालालाई डिसेम्बर 1992 मा वर्तमान परिसर होमाटिन, काउलुनमा सारियो र हङकङका विभिन्न स्थानहरूमा धेरै सेटलाइट प्रयोगशालाहरू(शाखाहरु) छन् । सरकारी प्रयोगशाला विशेष गरी विश्लेषणात्मक उपकरण, सञ्चालनको सुरक्षा र प्रयोगशाला फोहोर व्यवस्थापनको सन्दर्भमा अत्याधुनिक सुविधाले सुसज्जित छ ।

सरकारी प्रयोगशालाको वैज्ञानिक प्रशासन एजेन्सीको नेतृत्व गर्ने सरकारी रसायन विज्ञ जिम्मेवार छ । यसको दुई परिचालन विभागहरू छन्:
- विश्लेषणात्मक र सल्लाहकार सेवा विभाग
- फोरेन्सिक विज्ञान विभाग
प्रत्येक डिभिजनको नेतृत्व एक सहायक सरकारी रसायन विज्ञले गर्दछ। प्रशासनिक सहयोग प्रशासन विभागद्वारा प्रदान गरिएको छ ।
सेवाग्राही विभागहरूलाई प्रदान गरिएका सेवाहरूको अतिरिक्त, सरकारी प्रयोगशाला रसायन विज्ञानमा मेट्रोलोजीको प्रवर्द्धनमा दुबै स्थानीय र विदेशी तहमा सक्रिय रूपमा संलग्न छ, । सम्मेलन र अनुभव साझेदारीमा सहभागिता र विशेषज्ञ संगठनहरु संग सहकार्य मार्फत कर्मचारीहरुको प्राविधिक दक्षता अभिवृद्धि गर्ने प्रयास गरिएको छ। सुरक्षित प्रयोगशाला वातावरण र पर्याप्त कर्मचारी तालिम प्रदान गर्ने आश्वासन सधैं सरकारी प्रयोगशालाको नीति र महत्वपूर्ण गतिविधि रहेको छ ।
सरकारी प्रयोगशालाले मेनल्याण्ड र मकाउका स्थानीय प्रयोगशालाका आगन्तुकहरू र वैज्ञानिकहरूलाई पनि तालिम प्रदान गर्दछ। सरकारी प्रयोगशालाले विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय व्यवस्थाहरु मार्फत यसको अनुभवहरु एशिया-प्रशान्तका देश र अर्थव्यवस्थाहरु संग पनि साझा गर्दछ। यसले प्रमुख ग्राहक विभागहरुको परिचालन कर्मचारीको लागि व्याख्यान प्रस्तुत गर्दछ र संलग्न कार्यक्रमहरू व्यवस्थित गर्दछ ।
हालैका वर्षहरूमा प्रविधिमा भएको उल्लेखनीय प्रगति र वैज्ञानिक विचारहरू समावेश भएका सरकारी नयाँ नीतिहरूको बारम्बार परिचय, स्थानीय बजारमा नयाँ सामग्री र उत्पादनहरूको सुरुवातको साथ साथै आपराधिक गतिविधिको परिष्कृतताले सरकारी प्रयोगशालाको काम गर्ने ढाँचा र लागु गरिएको पद्धतिमा महत्त्वपूर्ण परिवर्तनहरूको योगदान पुर्याएको छ। यसले सेवा प्रावधानको दायरा समेट्ने , पेशागत कर्मचारीहरु बीच विशेषज्ञताको एक उच्च डिग्री मात्र नभई, आधुनिक वैज्ञानिक उपकरणहरूको शक्तिशाली सरणीको स्थापनामा पनि नेतृत्व गरेको छ ।